गण्डकी प्रदेशको होमस्टे संचालन सम्बन्धी विधेयक २०७६ – अन्तरक्रिया
पोखरा, असार १७ । सयपत्री समाज कास्कीको आयोजनामा “गण्डकी प्रदेशको होमस्टे संचालन सम्बन्धी विधेयक २०७६” माथिको सरोकारवालाहरू बिचको अन्तरक्रिया सम्पन्न भयो । उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालय द्धारा गत वर्ष र्न ड्राफ्ट गरिएको उक्त विधेयक माथिको छलफल मन्त्रालयका प्रतिनिधि, प्रध्यापक होमस्टे संचालक, नागरिक समाजका प्रतिनिधिहरू लगायतले सहभािगता जनाउनु भएको थियो । सयपत्री समाजका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विज्ञका रूपमा डा.रामचन्द्र बरालले विधेयक माथि समिक्षा गर्नुभएको थियो । डा. बरालले होमस्टे शब्द नै नेपालीकरण गरी घरबास पर्यटन को प्रयोग गर्नु पर्ने भन्दै सैद्धान्तिक आधारहरूको जगमा विधेयकको पुनरावोलकन गरेको बताउनु भयो । घरबार पर्यटन कर्पोरेट पर्यटनबाट पृथक रहि सामाजिक व्यवसायको रूपमा ग्रामीण सामुदायिक सहभागितामा हुनुपर्ने जसले वैकल्पिक पर्यटनका रूपमा समुदायमा लाभ र दायित्वको वितरण सुनिश्चित गर्न सक्दछ । भन्दै सामाजिक पुँजीलाई यथावत राखी स्थानीय कृषिमा आधारित परिकार र स्थानीय मुल्यमा आधारित आचारको अभ्यास गराई मौलिक संस्कृतिको जगेना गर्न पनि घरबास पर्यटनको विशेष महत्व रहने तर्फ औल्याउनु भयो । डा. बरालले घरबास पर्यटनको मुल मर्म सामाजिक व्यवसायलाई प्रकट गर्नु र सरलीकृत गर्नु रहेकाले बिधेयकको प्रस्तावना सो बमोजिम स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयो । घरबास पर्यटन निजि रूपमा संचालन गर्ने नभई सामुहिक सहभागितामा लाभ दायित्व वितरण तथा स्थानीय तहको पर्यटन सुचना केन्द्रसगँको समन्वय र जिम्मेवार पर्यटनका लागि यो प्रारूप अभ्यासमा आएको हुदाँ सामुदायिकतामा नै जोड दिनु पर्ने डा. बरालको तर्क थियो । घरबासको बर्गिकरण गर्दा पाहुनाको सख्याको आधारमा नभई उपलब्धि हुने सेवासुविधाको गुणस्तरका आधारमा हुनुपर्नेमा जोड दिनु भयो ।
कालाबाङ घडेरी होमस्टेका अध्यक्ष प्रकाश गुरूङले बसाईसराईलाई नियन्त्रण गर्न वैदेशिक रोजगारबाट फर्केको जनशक्ति परिचालन गर्न होमस्टे सफल रहने विचार व्यक्त गर्दै विधेयकमा परम्परागत सामाग्री, स्थानीय मौलिकको संरक्षण, योगको व्यवस्था आदि थप गर्नु उपयुक्त हुने सुझाव दिनु भयो । होसान, गण्डकीको सचिव कृष्ण तिमिल्सिनाले निजी होमस्टेलाई पनि निश्चित मापदण्डका आधारमा व्यवस्था गरिनु उपयुक्त हुने विचार व्यक्त गर्नु भयो ।
नाटा गण्डकी प्रदेशका हरिराम अधिकारीले घरबास र होटल बिच भिन्नता रहेको उल्लेख गर्दै निजि र सामुदायिक होमस्टेलाई क्षेत्रगत रूपमा व्यवस्था गरिनु पर्ने विचार व्यक्त गर्नु भयो । गाउँ पर्यटन प्रवद्र्धन समाजका सदस्य श्याम लामिछाने होमस्टेहरूलाई व्यवस्थित गरी आवश्यक तालिमको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो । भुजेल गाउँ होमस्टेका बल बहादुर भुजेलले कतिपय पाहुनाहरूको व्यवहार राम्रो नहुने भन्दै होमस्टेहरूलाई मर्यादित बनाउनु पर्ने आवश्यकता रहेको औल्याउनु भयो ।
बन विज्ञ अध्ययन संस्थानका प्राध्यापक श्रीकान्त खतिवडाले नेपालमा होमस्टेको अवधारणको सुरूवात सामुदायिक प्रयत्नबाट नै भएको र स्थानीय तहबाट नै होमस्टेको नियमन एवं कर व्यवस्थापनको काम हुने व्यवस्था मिलाउनु पर्ने विचार व्यक्त गर्नु भयो । शान्तिका लागि नागरिक समाजको संजाल कास्कीको संयोजक विष्णु बरालले गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर पञ्चबर्षिय योजना समेत निर्माण गरेको भन्दै होमस्टेलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने राय व्यक्त गर्नुभयो । नेष्ट प्रालीका योगेश श्रेष्ठले होमस्टे संचालनका लागि विधेयकले संवैधानिक नभई विस्तुत रूपमा नियमावली र कार्य विधिमा समेट्न सकिने विचार व्यक्त गर्नु भयो । मन्त्रालयका औद्योगिक तथा पर्यटन प्रबद्र्धन महाशाखा प्रमुख डिल्लीाम रिजालले हतार नगरी व्यापक छलफल गरेर मात्र कानुन निर्माण गर्नु आवश्यक रहेको भन्दै ऐन, नियमवली र कार्य विधिमा के के राख्ने बारे विस्तृत छलफल गरेर अगाडि बढ्ने बताउनु भयो ।
मन्त्रालयका पर्यटन गुरूयोजना प्रमुख जुद्ध बहादुर गुरूङले विधेयकमा आफै धेरै सुधार्नु पर्ने विषयहरू रहेको स्वीकार्दै थप छलफलबाट अघि बढ्ने विचार व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाले राज्यले समाजबाद उन्मुख समाजको परिकल्पना गर्ने हो भने सामुदाियक संरचनालाई जोडिदिनु औचित्यपुर्ण हुने बताउनु भयो ।
Leave a Reply