स्वास्थ्य वीमा कार्यक्रमको प्रभावकारिता आवश्यक

पोखरा, आश्विन १० गते
गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुनुपर्नेमा सरोकारवालाहरुको एकमत रह्यो । सयपत्री समाजको आयोजनामा गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशको समग्र अवस्थाका बारेमा स्वास्थ्य बीमा वोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले प्रस्तुति गर्दै स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीताका बारेमा चर्चा गरेका थिए । खरेलले देशका ४९ जिल्लामा लागु भएको यो कार्यक्रम गण्डकी प्रदेशका ६ जिल्लामा सञ्चालित रहेको भन्दै यस कार्यक्रमले वैदेशिक रोेजगारमा गएका, अनौपचारिक क्षेत्रका र व्यावसायिक प्रतिष्ठानका कर्मचारीहरुलाई समेट्न नसकेको उल्लेख गरे ।
उक्त अन्तरक्रिया कार्यक्रममा गण्डकी मेडिकल कलेजका डा.टु माया घलेले नागरिकले पाउने स्वास्थ्य उपचार सेवामा निजी अस्पताललाई राज्यले अपेक्षा गरेको भन्दै निजी क्षेत्रले पनि योगदान गर्न चाहेको विचार व्यक्त गरिन । मणिपाल शिक्षण अस्पतालका डा. रविन्द्र ठाकुरले निजि अस्पताललाई अविश्वास गरेर स्वास्थ्य बीमा कार्यक्रमबाट बञ्चित गराउनु भन्दा आवश्यक सुपरिवेक्षण गर्न राज्यले जोड दिनु पर्ने विचार व्यक्त गरे । गैैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष बीना शिलवालले स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएको र दर्ता सहयोगीहरु मार्फत स्वास्थ्य सम्बन्धी चेतना मुलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्नेमा जोड दिदै स्वस्थ्य जीवन शैलीले कोही पनि छिट्टै विरामी नपर्ने विचार व्यक्त गरिन । इन्सेक गण्डकी संयोजक शिव खकुरेलले अस्पतालको औषधि खरीद प्रक्रिया झन्झटिलो भएका कारण विरामीले समयमा नै औषधी उपचार पाउन गाह्रो भएको विचार राखे । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिम पौडेलले हाल आधा भन्दा वढी विरामीको चाप मेडिकलको ओपिडिमा भएको र स्वास्थ्य बीमा कार्यक्रममा निजी क्षेत्रलाई पनि समेट्न जरुरी रहेको उल्लेख गरे ।
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका डा.मधुमाया तिमिल्सिनाले स्वास्थ्य समस्या नभएकाहरुले पनि सबै प्रकारका परीक्षण गराउन चाहने गरेको र उक्त केन्द्रमा रिफरल लिन चाहनेहरु धेरै मात्रामा आउने गरेको बताइन । समाजका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विष्णु बराल, महेन्द्र लामिछाने, डा. प्रतिभा गौली, ज्योती अधिकारी, सरीता पोखरेल, राज बहादुर रोकाया, डा.रविन्द्र श्रेष्ठ, डा उमानाथ बराल लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *