नेपाली लोकतन्त्रका विविध पक्षमा बहस सम्पन्न
पोखरा, १९ जेठ
सयपत्री समाज कास्की, FES नेपाल र राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसको संयुक्त आयोजनामा “नेपाली लोकतन्त्रका विविध पक्षहरु” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा लोकतन्त्रका विविध आयामहरुमा तीन जना प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । “लोकतन्त्रका चुनौतीहरु” विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. विश्वकल्याण पराजुलीले लोकतन्त्रको भविष्य विचार, सिद्धान्त र नीतिद्वारा चल्ने गतिशिल नेतृत्वले मात्र सुरक्षित गर्न सक्छ भन्दै संस्थागत हुन नसकेको लोकतन्त्रमा सुशासनको अभाव र अख्तियारको बढ्दो दुरुपयोगले लोकतन्त्रलाई संकटमा पारेको उल्लेख गर्नुभयो । अर्का प्रस्तोता प्रा.डा. कुसुमाकर न्यौपानेले “लोकतन्त्र र लोक संस्कृति” विषयमा कार्यपत्र प्रस्तुत गर्देै लोकवार्ताका माध्यमद्धारा कसरी लोकतन्त्रको पक्ष र बिषयमा आवाजहरु घनिभुत हुने गर्दछन् भन्ने सम्बन्धमा चर्चा गर्नुभयो । लोक कानुनको अवलम्बन, न्याय निरुपण, द्धन्द व्यवस्थापन, अधिकारको आवाज, विभेद विरुद्धका आवाज, भ्रष्टाचार विरुद्धका आवाज, सामाजिक कुरीति विरुद्धको विरुद्धको ऐक्यबद्धता लोक संस्कृति मार्फत कसरी व्यक्त हुन्छ भन्ने दृष्टान्त सहित चर्चा गर्नु भयो । “स्थानीय तहमा बजेट तर्जुमामा लैंगिक उत्तरदायित्व” विषयक कार्यपत्र प्रस्तुत गर्देै प्रा.डा. चन्द्रा भद्राले स्थानीय तहमा जननिर्वाचित महिलाहरुको आधारशिल जमात (Critical Mass) तयार भएतापनि लैंगिक समानता तथा सामाजिक समावेशी (GESI) र लैंगिक उत्तरदायी बजेट (GRB) कालागि तालिम मार्फत सशक्तिकरणको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
सयपत्री समाजका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सयपत्री समाजका सचिव गिरधारी सुवेदीले गर्नुभएको थियो । सो कार्यक्रममा FES नेपालकी आवासीय प्रतिनिधि Annette ले आधुनिक समाजको विकास लोकतन्त्रबाट नै सम्भव हुनेमा जोड दिनुभयो । कार्यक्रममा प्राध्यापक, कर्मचारी, अधिवक्ता, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, पत्रकार, महिला अधिकारकर्मी गरी एकसय जनाभन्दा बढीको उपस्थिती रहेको थियो । तीन कार्यपत्र माथि डा. लक्ष्मीशरण अधिकारी, डा.उमानाथ बराल, प्रा.डा. लेखनाथ भट्टराई र विना सिलवालले टिप्पणी गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कमल पौडेल, डा.गिरधारी दाहाल, सरिता तिमिल्सिना, प्रा.डा.ज्ञान बहादुर कार्की, डा.रामचन्द्र बराल, लाल बहादुर कँुवर, सन्तोष न्यौपाने, विजय पोखरेल, प्रा.डा. पदमशरण रेग्मी, विष्णु बराल लगायतले बोल्नु भएको थियो ।

Leave a Reply