जनप्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रम

२०७५ चैत्र १९ र २० गते सयपत्री समाजको आयोजनामा गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्ला र नवलपरासी जिल्ला (ब.सु. पुर्व) का निम्न पालिकाहरूका जनप्रतिनिधि ज्युहरुसँग “स्थानीय तहका अधिकारको कार्यान्वयनमा देखिएका चुनौती र अबको बाटो” विषयक अन्तरक्रिया तथा संवाद कार्यक्रम सम्पन्न भयो ।

१. कावासोती नगरपालिकामा २०७५ चैत्र १९ गते (हिकोडेफको सभाहल; विहान ११:३० बजे)

कावासोती नगरपालिकाका वडाध्यक्षज्युहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा ११ जना वडाध्यक्षज्युहरु सहित १९ जनाको उपस्थिति रहेको थियो ।

२. आँबुखैरेनी गाउँपालिकामा २०७५ चैत्र २० गते (गाउँपालिकाको कार्यालय, आँबुखैरेनी; विहान ८:०० बजे)

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री गिरबहादुर थापा , प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेल लगायत वडाका अध्यक्ष तथा सदस्यज्युहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

३. बन्दीपुर गाउँपालिकामा २०७५ चैत्र २० गते (गाउँपालिकाको कार्यालय, बन्दीपुर; मध्यान्ह १२:१५ बजे)

बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री पूर्ण सिंह थापा, सूचना अधिकृत गिरबहादुर राना, न्यायिक समितिका सदस्यहरु, वडाका अध्यक्ष तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

निष्कर्ष
 नीतिगत अस्पष्टता तथा नीति निर्माणमा नागरिक असमावेशिता
 भौतिक पुर्वाधारको अभाव तथा श्रोत परिचालनमा समस्या
 कर्मचारी व्यवस्थापन तथा कार्य जिम्मेवारी बाँडफाँटमा समस्या, कर्मचारी र जनप्रतिनिधिबीच दुरी बढेको
 योजनावद्ध विकास योजनाको प्राथमिकीकरण तथा दूरदृष्टिको अभाव,निर्णयप्रक्रियामा स्थानीय नागरिकहरुको समावेशिताको अभाव
 योजना निर्माण तथा निर्णय प्रक्रियामा नागरिक सहभागिता र विज्ञहरुको सहयोग,परामर्श लिने प्रवृत्तिको अभाव
 विकास सम्बन्धी योजनाको प्राथमिकीकरण, योजनाको सामयिक तथा गुणस्तरीय कार्यान्वयनको अभाव
 जनप्रतिनिधिहरूमा कर्तव्य भन्दा अधिकार र सेवासुविधा प्रति बढी केन्द्रित हुने प्रवृत्ति
 स्थानीय तहका अधिकार कार्यान्वयनमा जटिलता (न्याय सम्पादन, बजेट तर्जुमा आदि क्षेत्रमा )
 प्राकृतिक श्रोत उपयोग तथा व्यवस्थापनमा समस्या खानेपानी, वनजङ्गल, कृषि प्रणाली
 न्यायिक समितिबाट न्याय सम्पादन तथा मेलमिलाप अनभिज्ञता, अन्यौलता एवम् निर्णय क्षमताको अभाव
 नगरपालिका, गाउँपालिकाबाट वडाहरूमा अधिकार प्रत्यायोजित नभएको वडाध्यक्षहरूको गुनासो

सम्भावनाहरू
राज्यले अङ्गीकार गरेका कानुनी प्रावधानहरुलाई अनुसरण गर्दै उपलब्ध श्रोत साधनको विवेकशील सदुपयोग गर्न व्यावहारिक नीतिनिर्माण गरी अगाडि बढ्न सक्नुपर्ने अवस्था स्थानीय तहहरुको रहेको देखिन्छ । स्थानीय तहहरुले निम्न विषयवस्तुहरुमा केन्द्रित रही कार्यसम्पादन गर्न सकेमा प्रभावकारी प्रतिफल हासिल हुनसक्ने देखिन्छ ।
 प्राकृतिक, आर्थिक, भौतिक एवं मानव श्रोतको पहिचान
 सामाजिक–आर्थिक विकास सम्बन्धी योजनाको प्राथमिकीकरण
 योजना निर्माण तथा निर्णय प्रक्रियामा नागरिक सहभागिता
 योजनाको सामयिक तथा गुणस्तरीय कार्यान्वयन
 योजनावद्ध रणनीति र कार्यनीतिको अवलम्बन
 नीतिको निर्माण र सबल कार्यान्वयन
 कार्यकारी अंगको क्षमता विकास
 जवाफदेहिता र उत्तरदायित्वको महशुस गरी प्रभावकारी कार्यान्वयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *